समाज

वनमा मानव कंकाल भेटियो

फाइलतस्बिर

सुर्खेतको भेरीगंगा नगरपालिकाको एक सामुदायिक वनमा मानव कंकाल फेला परेको छ। बिहीबार दिउँसो साढे १२ बजेतिर भेरीगंगा–१० को गौरीशंकर सामुदायिक वनको सात्तलेमा मानव कंकाल फेला परेको हो।  

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार स्थानीयहरुले च्याउ खोज्न गएको बेला मानव शरीरको अस्थीपञ्जर फेला पारेका थिए। स्थानीयले सामुदायिक वनमा मानव कंकाल फेला जानकारी गराएपछि इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख रमेश राईको कमाण्डमा टोली घटनास्थल पुगेको थियो।  

प्रहरीले मानव कंकाल पुरुषको भएको जनाएको छ। प्रहरीले जनप्रतिनिधिको रोहबरमा घटनास्थाल मुचुल्का गरेर मानव कंकाललाई इलाका प्रहरी कार्यालयमा ल्याएको छ। ‘चार–पाँच महिना पहिलेनै घटना भएको आशंका हामीले गरेका छौं,’ इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख राईले भने, ‘हामी आवश्यक अनुसन्धानमा जुटेका छौं।’

 

 

प्रकाशित: ५ श्रावण २०७९ १३:३३ बिहीबार