काठमाडौंको जोरपाटीमा मिथेन ग्यासको फोहोरा निस्किन रोकिएको छ। इनार खन्ने क्रममा मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा आज बिहानदेखि रोकिएको हो।
स्थानीयका अनुसार आज बिहान करिब ३ बजेदेखि माटो र ग्याँस मिश्रित ग्याँसको मुस्लो निस्किन बन्द भएको थियो।
इनार खन्ने क्रममा मंगलबार एक्कासि लेदो माटोसहितको फोहोरा निस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै प्रहरी वृत्त बौद्धको टोली त्यहाँ पुगेको थियो।
प्रहरीले भूगर्भविदलाई खबर गरेको थियो। त्यसपछि भूगर्भविदको टोलीले स्थलगत अनुगमन गरेको थियो। भूगर्भविदको टोलीले त्यहाँ ८ देखि १३ प्रतिशतसम्म मिथेन ग्याँस रहेको बताएका थिए।
प्रकाशित: ४ श्रावण २०७९ ०५:४७ बुधबार