समाज

झापामा आगलागीबाट ६ घर जलेर नष्ट

फाइल तस्बिर

झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्।  

स्थानीय अब्दुलकरिब अली, अब्दुलजुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

अब्दुलकरिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरसमेत आगो सल्केको हो। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। टिनको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी  सशस्त्र प्रहरीले निभाएका थिए। रासस

प्रकाशित: ४ श्रावण २०७९ ०४:१८ बुधबार

झापा गाउँपालिका