समाज

मिथेन ग्यास आउने क्रम अझै राेकिएन

काठमाडौँको जोरपाटीमा मिथेन ग्यास आउने क्रम मंगलबार साँझसम्म पनि रोकिएको छैन।

सोमबार बिहान स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा उक्त ग्यास निस्किएको हो। बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको छ।

माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिएकाे प्रहरी वृत्त बौद्धले बताएको छ।

यसबारे अध्ययन गर्न पुगेका खानी तथा भूगर्भ विभागका भूगर्भविद्ले उक्त ग्यास कतिबेलासम्म निस्किन्छ भन्ने यकिन नभएको बताएका छन्। 

प्रकाशित: ३ श्रावण २०७९ ११:५४ मंगलबार