समाज

साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भिड

आज साउनको पहिलो सोमबार देशभरका शिवालयहरूमा भक्तजनको भिड लागेको छ। साउनमा सोमबार विशेष शिवको पूजा–अर्चना गर्ने गरिन्छ।  

काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ। यस वर्ष साउनमा पाँच सोमबार परेको छ। पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन्।  

साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

प्रकाशित: २ श्रावण २०७९ ०५:१४ सोमबार

पशुपतिनाथ