समाज

काठमाडौंमा बिहानै वर्षा,पहाडी भू–भागमा चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै र कर्णाली प्रदेशका एकरदुई स्थानमामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका थोरै र बाँकी भू–भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

प्रकाशित: २ श्रावण २०७९ ०१:२२ सोमबार

जल तथा मौसम पूर्वानुमान महाशाखा