समाज

तनाव व्यवस्थापन सम्बन्धी सचेतना

सचेतना कार्यक्रम।

रोल्पाको होलेरीमा ‘विद्यार्थीहरुका लागि द्वन्द्वले पारेको प्रभाव र तनाव व्यवस्थापन’ विषयक एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा संचालित ‘महिला शान्ती र सुरक्षा’ कार्यक्रम अन्तरगत सचेतना कार्यक्रम संचालन गरिएको हो।  

कक्षा ९ र १० मा अध्यनरत सय बढी बिद्यार्थी र शिक्षकहरू सहभागी रहेको सचेतना कार्यक्रममा  ‘महिला शान्ती र सुरक्षा’ कार्यक्रमका कार्यक्रम प्रमुख दिनेश सुवेदी र मनोबिमर्शकर्ता गिता कुमारी वलीले सहजिकरण गरेका थिए। स्थानीय तहहरुसँगको सहकार्यमा संचालन गरिने यस्ता खाले बिभिन्न कार्यक्रमले द्वन्द्व प्रभावित महिलाहरुलाई मानसिक रुपमा स्वस्थ्य रहन सघाउ पुग्ने सहभागी शिक्षकहरुले बताएका छन्।  

द्वन्द्व प्रभावित महिलाहरुसँग बिगत एक वर्षदेखि निरन्तर मनोसामाजिक क्षेत्रमा काम गरिरहेको ‘महिला शान्ती र सुरक्षा’ कार्यक्रमले जिल्लाका चार स्थानीय तहहरुमा थप सचेतनाका कार्यक्रम संचालन गर्ने जनाएको छ। ‘महिला शान्ती र सुरक्षा’ कार्यक्रमका अनुसार मनोबिमर्श, मानसिक उपचार, व्यवसायिक सिप मुलक तालिम लगायत सचेतनाका कार्यक्रमले द्वन्द्व प्रभावित महिलाहरुको व्यवहार परिवर्तनमा सघाउ पुग्ने छ।

प्रकाशित: १ श्रावण २०७९ १३:२० आइतबार