समाज

आजको मौसम: हल्कादेखि मध्यम वर्षाको सम्भावना

अहिले प्रदेश–१ लगातयत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ।

प्रकाशित: १ श्रावण २०७९ ०१:०५ आइतबार

जल तथा मौसम विज्ञान विभाग