समाज

खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा सह–चालकको मृत्यु

बेपत्ता भएका ११ वर्षीय बालक खोला किनारमा मृत फेला

झापामा भएका अलग अलग घटनामा परि दुई जनाको मृत्यु भएको छ। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ५ शान्तिनगर गैरीगाँउमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा सह–चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका २६ वर्षीय विकास कुमाल रहेको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्र.१–०१–००१ त ९३२५ नम्बरको ट्रयाक्टर खेत जोत्ने क्रममा अचानक पल्टिएर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक कुमालको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। यस्तै, झापाको भद्रपुर नगरपालिका वडा नं. ३ धिमेलधुरा बस्ने सितु सापकोटाको ११ वर्षीय छोरा ईश्वर सापकोटाको खोलामा डुबेर मृत्यु भएको छ।

शुक्रबार साँझ स्थानीय देउनिया खोलामा नुहाउने क्रममा खोलामा डुबर ईश्वर बेपत्ता भएका थिए। बेपत्ता भएका बालकको इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले स्थानियबासीहरुको सहयोगमा खोजतलास गर्ने क्रममा खोला किनारमा मृत अवस्थामा शव फेला परेको हाे।

प्रकाशित: ३२ असार २०७९ १३:३९ शनिबार

झापाको बुद्धशान्ति गाउँपालिका झापाको भद्रपुर नगरपालिका