समाज

रहेनन् कविवर तेजनाथ घिमिरे

कविवर तेजनाथ घिमिरेको निधन भएको छ। पोखरेली कवि घिमिरेको गएराती २ बजेर १२ मिनेटमा आफ्नै निवास नदीपुरमा ८३ वर्षको उमेरमा निधन भएको हो। घिमिरे लामो समयदेखि अस्वस्थ थिए।

साहित्य, पत्रकारिता, शिक्षक आन्दोलन तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष हुन्। स्व. घिमिरेका देशकाल, अनावरण, कालचक्रलगायतका कृतिहरु प्रकाशित छन्।

प्रकाशित: ३२ असार २०७९ ०६:२७ शनिबार

कविवर तेजनाथ घिमिरे साहित्य पत्रकारिता शिक्षक आन्दोलन तथा प्राजातान्त्रिक आन्दोलन