समाज

विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार श्रीकृष्ण तामाङलाई पक्राउ गरेको छ । विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रभोलनाम पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८ का ४६ वर्षीय तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआईबी)ले बिहिबार कलङ्कीबाट पक्राउ गरेको हो।

पीडितलाई राम्रो पारिश्रमिक र आकर्षक रोजगारी हुने आश्वासन देखाएर उनले रु छ लाख ठगी गरेकाले सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।  

पक्राउ परेका तामाङलाई उक्त अदालतले वैदेशिक रोजगार कसूरमा छ वर्ष कैद र  छ लाख जरिवाना ठहर गरेको छ । फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ पेश गरिएको महतोले बताए। 

प्रकाशित: ३० असार २०७९ १०:०२ बिहीबार