गोरखा सदरमुकाममा एक युवकको शव भेटिएको छ। गोरखा नगरपालिका –८ स्थित नगरपालिका जाने सडकको नालीमा बिहिबार बिहान २४ वर्षीय अनिश आले मगरको शव भेटिएको हो।
शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा शव भेटिएकाले हत्या भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। शव भेटिएपछि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए।
‘सिसिटिभी फुटेज पनि हेर्दैछौं, केही व्यक्तिसित सोधपुछ गर्ने काम पनि भइरहेको छ’ एसपी खनालले भने।
प्रकाशित: ३० असार २०७९ ०५:२६ बिहीबार