समाज

भृकुटीमण्डपमा लागेको आगो निभाउन पाँच घण्टा

क्याप्शन

काठमाडौंको भृकुटीमण्डपमा बुधबार दिउँसो लागेको लागेको छ। ५ घण्टासम्म लागेको आगो यो समाचार तयार पार्दा बल्ल नियन्त्रणमा आएको थियो। प्रहरीका अनुसार दिउँसो साढे २ बजेतिर काठमाडौं महानगरपालिका–२९ भृकुटी मण्डपस्थित समाज कल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपांग कोषको कृत्रिम मानव अंगहरू राखिएको गोदाम घरमा आगलागी भएको थियो।

८ दमकल, ३० भन्दा बढी पानी ट्यांकर, झन्डै साढे तीन सय सुरक्षाकर्मी र सयौं सर्वसाधारणको निरन्तर प्रयासमा साँझ पौने ७ बजे मात्रै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगो निभाउन काठमाडौं महानगरपालिका, बौद्ध रामहिटी, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक–एक र नेपाली सेनाका २ वटा दमकल प्रयोग गरिएको थियो भने अन्य ३० वटा पानी ट्यांकर परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए।  

८ वटा दमकल, ३० भन्दा बढी पानी ट्यांकर, झन्डै साढे तीन सय सुरक्षाकर्मी र सयौं सर्वसाधारणको निरन्तर प्रयासमा साँझ पौने ७ बजे मात्रै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

यस्तै नेपाल प्रहरीका १२० जना, नेपाली सेनाका एक सय बढी, सशस्त्र प्रहरी बलका ६० जनाभन्दा बढी र काठमाडौं महानगरका ३० जनाभन्दा बढी सुरक्षाकर्मी आगलागी नियन्त्रण गर्न परिचालित थिए। जसमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक(एसपी), प्रहरी नायब उपरीक्षक(डिएसपी) सहित रहेको एसपी मैनालीले जानकारी दिए। जसमा काठमाडौं जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त सिंहदरबार, अन्य वृत्तहरू र ट्राफिक प्रहरी, विपद् व्यवस्थापन महाशाखाका प्रहरीहरू खटिएको उनले बताए।  

यत्रो टोली परिचालित गरिँदा पनि आगलागी नियन्त्रणमा आउन झन्डै पाँच घण्टा लागेको एसपी मैनालीले बताए। उनले भने, ‘बल्ल पौने ७ बजे आगलागी नियन्त्रणमा आएको छ। अझै केही बाँकी छ कि भनेर टोलीले हेरिरहेको छ।’ आगलागीमा कुनै पनि मानवीय क्षति भने भएको छैन। तर, करोडौंको धनमालको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीको सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान कार्य गरिरहेको उनले बताए। 

प्रकाशित: ३० असार २०७९ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App