समाज

पाथीभरा बहुमुखी क्याम्पसमा प्राध्यापक संघ र कर्मचारी संघमा निर्विरोध नयाँ नेतृत्व

ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा मंगलबार पब्लिक क्याम्पस प्राध्यापक संघ र कर्मचारी संघमा निर्विरोध नेतृत्व चयन भएको छ। बेधनिधि पौडेल सभापति रहेको ९ सदस्यीय प्राध्यापक संघ चयन भएको हो।

संघको उपसभापतिमा भीम कार्की, सचिवमा मानसिंह राई र कोषाध्यक्षमा मुना केदेम रहेका छन्। संघमा दालु शेर्पा, उमेश अधिकारी, टीकाराम दाहाल, प्रेमकुमार गुरुङ र नवराज आचार्य सदस्य रहेको पाथीभरा क्याम्पस प्रशासनले जानकारी दिएको छ।

यस्तै राधिका लिङदेन अध्यक्ष रहेको कर्मचारी संघको सचिवमा किरण पौडेल र कोषाध्यक्षमा रोशन श्रेष्ठ रहेका छन्। पूर्ण आचार्य र कुमार राई कर्मचारी संघको सदस्य चयन भएको क्याम्पस प्रशासनले जनाएको छ।

प्रकाशित: २८ असार २०७९ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App