समाज

युवा संघद्वारा यातायात कार्यालय घेराउ

तस्बिर: प्रसन गुरुङ/नागरिक।

सवारी चालक अनुमति पत्र वितवरणमा ढिलासुस्ती भएको भन्दै राष्ट्रिय युवा संघ नेपालले सोमबार यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ। संघले अनुमति पत्र वितरणमा व्यापक लापरवाही, अनियमितता हुने गरेको भन्दै कार्यालय घेराउ गरेको हो।

अनुमति पत्र नवीकरणमा पनि त्यत्तिकै ढिलासुस्ती भइरहेको उनीहरुको जिकिर थियो। संघका पदाधिकारी र कार्यकर्ताले कार्यालयमा विचौलियाहरुको बिगबिगी रहेको र उनीहरुले आम सेवाग्राहीहरुलाई दुःख दिने गरेको भन्दै कार्यालय घेरेका हुन्।

उनीहरु विभिन्न नारासहितका व्यानर र प्लेकार्ड बोकेर कार्यालय पुगेका थिए। त्यहाँ पुगेर संघका प्रतिनिधीहरुले कार्यालयका पदाधिकारीलाई आफ्नो ज्ञापनपत्र पनि बुझाएका छन्।

प्रकाशित: २७ असार २०७९ ०९:१४ सोमबार

राष्ट्रिय युवा संघ नेपाल अनुमति पत्र नवीकरण सवारी चालक अनुमति पत्र वितवरण