समाज

बलात्कार मुद्दामा हद म्याद बढाउन सहमति

फाइलतस्बिर

संसदीय समितिमा बलात्कारसम्बन्धी घटनाको मुद्दामा दुईथरी हदम्याद प्रस्ताव गर्ने सहमति भएकाे छ। 

प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले बालबालिका तथा अपांगता भएका, अशक्त र मानसिक अवस्था कमजोर भएका व्यक्तिको हकमा ३ वर्षसम्मको हदम्याद प्रस्ताव राख्ने सहमति जुटेकाे हाे।

समितिको आज बसेकाे बैठकले नाबालिकको हकमा बालिग भएका ३ वर्षसम्म अर्थात २१ वर्षको उमेरसम्म बलात्कारको मुद्दाको हदम्याद हुने प्रस्ताव गरेको छ। अन्य बालिग महिलाले भने घटना भएको २ वर्षभित्र उजुरी दिन सक्ने समितिका सभापति कृष्णभक्त पोखरेलले बताए।  

हाल १ वर्षको हदम्याद छ। सरकारले ल्याएको विधेयकमा हदम्यादको व्यवस्था यथावत् थियो। महिला अधिकारकर्मीले भने बलात्कार मुद्दामा हद म्याद हटाउनु पर्ने माग गर्दै आएका थिए।

प्रकाशित: २४ असार २०७९ ०८:४० शुक्रबार