समाज

गाउँगाउँमा समुदाय-प्रहरी कार्यक्रम

गुरासँ गाउँपालिका–२ तल्लो डुगेश्वरमा प्रहरीले समुदाय–प्रहरी कार्यक्रम अन्तर्गतसवारी दुर्घटना न्यूनियकरण सम्वन्धी प्रशिक्षण चलाउँदै। तस्विर: नागरिक

जिल्ला प्रहरी कार्यालय दैलेखले मातहतका प्रहरी युनिटहरु मार्फत गाउँगाउँमा समुदाय–प्रहरी कार्यक्रम गरिएको छ। प्रहरीले ११ वटा स्थानीय तहमा समुदाय–प्रहरी कार्यक्रम गरेको हो।

 लागूऔषध दुरुपयोगबाट हुने असर, लागूऔषध दुरुपयोगको कानुनी प्रावधान र ट्राफिक नियम र सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी जनप्रतिनिधिहरु,समाजसेवी, विद्यार्थी, अभिभावक, स्थानीयहरुसँग प्रहरीले जनचेतना कार्यक्रम गरिएको हो। कार्यक्रमका माध्यमद्धारा समाजमा हुने जघन्य अपराध न्यूनिकरणमा टेवा पुग्ने प्रहरीले जनाएको छ। समाजमा हुने अपराधीक गतिविधि रोक्नका लागि प्रहरीमा खवर गर्न समाजका अगुवाहरुलाई प्रहरीले अनुरोध गरेको छ।  

समुदायका अग्रजहरुलाई महिला हिंसा, लागुऔषध दुरुपयोग, सवारी दुर्घटना लगायतका विषयमा सामुदाय प्रहरी कार्यक्रम मार्फत जनचेतना दैलेख प्रहरीले दिँदै आएको हो। समुदाय–प्रहरी कार्यक्रम हुन थालेसँगै अघिल्ला वर्षहरुभन्दा अपराधीक गतिविधिहरु कम भएको दैलेख प्रहरीले जनाएको छ। दैलेखका नारायण, दुल्लु, चामुण्डाविन्द्रासैनी, आठविस नगरपालिका, टाठीकाँध, भैरवी, महावु, नौमुले, डुगेश्वर, गुरासँ गाउँपालिकाहरुका विद्यालय, समुदाय, पालिका र प्रहरी युनिटहरुमा प्रहरीले कार्यक्रम चलाउँदै आएको छ।  

गुरासँ गाउँपालिका–५ स्थित गुरासँ आधारभुत विद्यालय–२ तल्लोडुंगेश्वरमा, डुगेश्वर गाउँपालिका –२ लाकुरी बजारमा समुदाय प्रहरी कार्यक्रम बिहीबार गरिएको हो। दुई महिनादेखि समुदाय प्रहरी कार्यक्रम जिल्लाभरका सबै स्थानीय तहमा गरिएको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले बताए।  

प्रकाशित: २३ असार २०७९ ११:५४ बिहीबार

जिल्ला प्रहरी कार्यालय दैलेख