समाज

बकर ईदको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाइल तस्बिर

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै आउँदो आइतबार देशैभर सार्वजनिक बिदा दिने जनाएको हो।

बकर ईदमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्षमा पनि मुस्लिम आयोगको अनुरोध अनुसार बिदा दिइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ असार २०७९ ०९:०५ बुधबार

गृह मन्त्रालय पर्व बकर ईद