समाज

गोरखामा बस दुर्घटना, २० जना घाइते

गोरखाको सिरानचोक गाउँपालिका ४ राम्चेमा यात्रुबाहक बस दुर्घटना भएको छ।

नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको यात्रुबाहक बस बुधबार दिउँसो करिब १२ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा परी २० जना घाइते भएका छन्।

पाँच जनाको चितवन र १५ जना घाइतेको गोरखा नगरपालिका १० छेपेटारस्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए। गुडिरहेको बस सडकमा पल्टिँदा सबै यात्रु घाईते भएका हुन्। दुर्घटनाको कारण भने खुलेको छैन्।

प्रकाशित: २२ असार २०७९ ०७:०६ बुधबार

बस दुर्घटना