समाज

हतियारसहित तीन भारतीय नागरिक पक्राउ

रुपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका ६ स्थित बसपार्कबाट प्रहरीले तीन जना भारतीय नागरिकलाई हतियारसहित नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीको टोलीले गएराती युपी ५५ एडी ०६८४ नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जना भारतीयलाई हतियारसहित बसपार्कबाट नियन्त्रणमा लिएको हो।  

पक्राउ पर्नेमा मोटरसाइकल चालक भारतको सिद्धार्थनगरका ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, मोटरसाइकलको पछाडि सवार ५५ वर्षका आसिक अलि र ५१ वर्षका अक्बर खान रहेको रुपन्देहीका प्रहरी प्रमुख एसपी रबिन्द्र रेग्मीले बताए। प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान, के एफ नाइन एमएम लेखिएको २ राउण्ड गोली र १ थान चक्कु फेला पारेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।  

मेदि हुसेनले कम्मरपेटीमा कालो प्लाष्टिकको झोला भित्र ती हतियार बोकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। सुराकीको आधारमा प्रहरीले पछ्याउँदै जाँदा उनीहरु भाग्न खोजेको र सोही क्रममा गोरुसंग ठोक्किएर मोटरसाइकल पल्टिएको थियो। सो क्रममा तीनै जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० असार २०७९ ०७:४१ सोमबार