समाज

पहिरोले पुरिएर तीन जनाको मृत्यु

पाँचथरको फालेलुङ गाँउपालीका–७ को विदिन भन्ने ठाँउमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ। 

पहिरोमा परि श्रीमान, श्रीमती र भतिजिको मृत्यु भएको हो। शुक्रबार राति पहिरोले पुरिएर बेपत्ता भएका तीनै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी राकेश थापाले जानकारी दिए। 

शनिबार एक जनाको शव फेला परेको थियो भने आइतबार दुई जनाको शव फेला परेको हो। पहिरोले पुरिएर ४२ वर्षीय रुपलाल मगर, ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एसिला मगरको मृत्यु भएको हो। ७१ वर्षीय दलप्रसाद मगरको भने सकुसल उद्धार भएको थियो।

प्रकाशित: १९ असार २०७९ ११:१८ आइतबार

मृत्यु