समाज

बाघको आक्रमणबाट एक महिला घाइते

बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको छ।

प्रकाशित: १८ असार २०७९ ०७:२८ शनिबार

बाघ