समाज

बेवारिसे अवस्थामा सालको काठ बरामद

बेवारिसे अवस्थामा राखिएको सालको गोलिया र चिरान काठ प्रहरीले बरामद गरेको छ। मधुवन नगरपालिका–७ स्थितबाट बिहीबार बिहान बेवारिसे अवस्थामा प्रहरीले काठ बरामद गरेको हो। प्रहरी चौकीतारा तालबाट खटिएको गस्ती टोलीले काठ बरामद गरेको छ। 

प्रहरीकाअनुसार बेवारिसे अवस्थामा बरामद भएको सालको गोलिया र चिरान काठ २५ क्युफिट छ। बरामद भएको सालको काठ सब डिभिजन वनकार्यालय सानो श्रीमा बुझाएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रकाशित: १६ असार २०७९ १३:०१ बिहीबार