समाज

यौन दुर्व्यवहारमा परेकी बालिकाको बयानका आधारमा ६ जना पक्राउ

सदरमुकामको एक पसलमा भएको भएको चोरीको घटनामा संलग्न भएको आशंकामा एक बालकलाई सोधपुछ गर्ने क्रममा जोडिएकी १४ वर्षाीया एक बालिकाले यौन दुर्व्यवहारको घटना खेपिरहेको रहस्य बाहिरिएपछि ताप्लेजुङ प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।  

प्रहरीले ति बालिकाको बयानका आधारमा यौनकर्ममा लगाउन प्रेरित गरेको अभियोगमा ३ जना होटल सञ्चालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।  

बालिकाको बयानका आधारमा पक्राउ पर्ने अन्य ३ जना भने उनीसँग यौन दुर्व्यवहारको घटनामा जोडिएका छन्। प्रहरीका अनुसार आरोपीविरुद्ध मुद्दा दर्ता प्रक्रिया सुरु भएको छ। ३ जनालाई जबरजस्ती करणी, दुई जनालाई शरीर बन्धक तथा मानव ओसारपसार र एक जनालाई घटनाको मतियारको रुपमा उजुरी दर्ता गरेर अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी कैलाश राईले घटनाका बारेमा गम्भिर र सुक्ष्म रुपले अनुसन्धान भइरहेको बताए। यो घटनामा अरु पनि जोडिन सक्ने आशंकामा प्रहरीले मुद्दा चलाइएकाको विवरण गोप्य राखेर अनुसन्धान गरिरहेको छ। बालिकाले बयानमा सेवाग्राहीबाट लिएको आधा रकम होटल सञ्चालकले राख्ने र आधा आफूले पाउने गरेको बताएकी छन्। 

प्रकाशित: १५ असार २०७९ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App