समाज

शब्दशिल्पी प्रधान रहेनन्

इलाम– देखेभोगेका साधारण हुन् वा जटिल विषय, तिनलाई पढु"पढु" लाग्ने भाषा शैलीमा प्रस्तुत गर्नसक्ने खुबी भएका लेखक तथा साहित्यकार राजनारायण प्रधानको निधन भएको छ । दार्जिलिङ निवासी प्रधानको ८० बर्षको उमेरमा बिहिवार आफ्नै निवासमा निधन भएको हो । प्रधान नेपाली र अ"ग्रेजी दुबै भाषामा उत्तिकै दख्खल राख्ने बौद्धिक अगुवाका रुपमा परिचित थिए।लामो समयदेखि शारीरिक कमजोरी भए पनि सामान्य हि"डडुल कायमै राखेका प्रधानलाई कालेम्पोङ जान लाग्दा अचानक अस्वस्थ भएपछि दार्जिलिङ जिल्ला अस्पताल भर्ना गरिएको थियो । पारिवारिक स्रोतका अनुसार, उपचार सुरु गर्दागर्दै प्रधानको सोही अस्पतालमा निधन भयो । प्रधान दार्जिलिङ शहरको तल्लो भेग गुड्डी रोडस्थित निवासमा बस्दै आएका थिए ।

मुख्यगरी समालोचना, निवन्ध, कथा, जीवनी, बाल साहित्य र फुटकर लेखमा पाठकको मन जित्न सफल प्रधानका झण्डै पा"च दर्जन कृति प्रकाशित छन् । तीमध्ये 'पन्ध्र प्रसिद्ध पुरुष', 'केही कृति केही स्मृति', 'नौ नामी नेता', 'विश्वका दश महान् नाटक' बढी चर्चित छन् । दार्जिलिङ मात्र होइन पूर्वोत्तर भारतका लाखौं नेपालीभाषीमाझ प्रधान सर्वाधिक पढिने साहित्यकार थिए ।

पूर्वी तेह्रथुमको आठराईस्थित चुहानडा"डाको वीरेन्द्र इन्टरकलेजका संस्थापक प्रिन्सिपल रहेका प्रधान दार्जिलिङकोसेन्ट जोसेफ कलेजका प्राध्यापकसमेत थिए । सन् १९८६ मा गोर्खाल्याण्ड आन्दोलन चर्किएपछि प्रधान झण्डै सात बर्ष नेपाल बसेका थिए । आठराईका शिक्षासेवीमाझ अझै चर्चा भइरहने प्रधानको नेपालका सीमित लेखक साहित्यकारमाझ मात्र उठवस थियो ।

पश्चिम बंगालमा 'महान योद्धा' भनेर चिनिने रतनलाल ब्राम्हण अर्थात् माइला बाजेका चेला र ज्वाईं हुन् प्रधान । खानपिनमा पहिल्यैदेखि लापरवाही गर्दा समकालीन लेखक साहित्यकारबाट आलोचित भइरहने उनी पहिरनका भने सौखिन थिए । दार्जिलिङको 'हिमालय दर्पण' दैनिक पत्रिकामा हरेक हप्ता प्रकाशित हुने उनको स्तम्भ सर्वाधिक पाठकले रुचाउने गर्थे ।

'एउटा आइतवार यसरी बित्यो' नामक निवन्ध संग्रहका 'काली', 'सासु बुहारी' जस्ता निवन्ध दार्जिलिङे नेपालीभाषी अझै सम्झिइरहन्छन् । प्रधानका 'राज डिक्सनरी' र 'फ्रेजल भर्ब डिक्सनरी' पनि प्रकाशित छन् । उनी नेपाली समाचारपत्रका अतिरिक्त 'द स्टेट्सम्यान', 'ब्लिट्ज' र 'द एसियन एज' पत्रिकामा धेरै साहित्यकारका जीवन सरल भाषामा प्रकाशन गर्ने साहित्यकार थिए ।

प्रधानको निधनलाई वरिष्ठ समालोचक इन्द्रबहादुर राईदेखि गोर्खाल्याण्ड टेरिटोरिअल एडमिनिष्ट्रेसन (जिटिए) कार्यकारी प्रमुख विमल गुरुङसम्मले शोक प्रकट गर्दै भाषा साहित्यमा 'अपुरणीय क्षति' भनेका छन् । प्रधानको भोलि २१ शनिवार गुड्डी रोडस्थित निवासबाट शवयात्रा निकाली दार्जिलिङकै हिन्दु–बौद्ध श्मशान घाटमा दाहसंस्कार गरिने सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित: ४ मंसिर २०७२ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App