समाज

भिरबाट लडेर एक मजदुरको मृत्यु

दोलखाको विगु गाउँपालिका–१ लामावगरको रिकु भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।  

लामावगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। सडक निर्माण गर्ने क्रममा लडेका पुनको शव विगु गाउँपालिका–१ स्थित रिकु भिरमुनि लडेको अवस्थामा शव फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिक्देलले जानकारी दिए।  

तामाकोसी किनारमा भिरको बीचमा शव फेला परेपछि नेपाली सेना र प्रहरीको टोलीले शव निकालेको थियो। हाल शव परीक्षणका लागि चरिकोटस्थित पशुपति चौलागाइँ स्मृति अस्पतलामा राखिएको छ।

प्रकाशित: १४ असार २०७९ ०५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App