समाज

सशस्त्र प्रहरीको भवन उद्घाटन

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गुल्म हेटक्वार हिमशिखर फिदिममा निर्माण गरिएको भवनको उद्घाटन भएको छ। गुल्मपति निवास तथा अतिथि गृह भवनको सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरिले उद्घाटन गरेका थिए।

प्रदेश सरकारको सहयोगमा  फिदिम–४ जोरसालमा रहेको गुल्ममा उक्त भवन निर्माण सम्पन्न भएको हो। १९ लाख ९७ हजार  ८ सय ६ रुपैँयाको लागतमा उक्त भवन निर्माण भएको गुल्मपति डिएसपि किसोरकुमार श्रेष्ठले जानकारी दिए।

उद्घाटन समारोहमा बोल्दै गिरिले शान्ति सुरक्षा प्रवद्र्धन र नागरिकको सेवाका लागि शसस्त्र प्रहरीले काम गरिरहेको बताएका थिए। कार्यक्रममा पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले शान्ति सुरक्षा, विपत्त व्यवस्थापन, निर्वाचन लगायतका काममा शसस्त्र प्रहरीले महत्पूर्ण भुमिका खेलेको भन्दै प्रसंसा गरेका थिए।

प्रकाशित: १३ असार २०७९ १४:५४ सोमबार