समाज

माडी खोलामा महिलाको शव फेला

शव निकाल्दै प्रहरी।

रोल्पाको माडी खोलामा एक महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार माडी गाउँपालिका वडा नं.५ र ६ को सिमानामाको माडि खोलामा एक बेवारिसे महिलाको शव फेला परेको हो।  

प्रहरीका अनुसार घर्तिगाउँ बजारबाट ३ किलोमिटर पूर्व माडी खोलाको पानीमा तैरिएको अवस्थामा शव भेटिएको थियो। शवको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

घटनाको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक देवराज भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलिले शव ल्याई पोष्टमार्टमका लागी अस्पताल पठाउने तयारी गरिरहेको छ।  

रोल्पा प्रहरी प्रमुख बिनोद घिमिरेले करिब २५/३० वर्षको जस्तो देखिने उक्त महिलाका पहिचानका लागी स्थानीयसँग सोधपुछका साथै थप अनुसन्धान भईरहेको बताए।

प्रकाशित: १३ असार २०७९ १३:०५ सोमबार