लामो समयदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ठाकुरबाबा नगरपालिका–५ का ओम प्रकाश थारु र वडा नम्बर १ का चक्र बहादुर बिकलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। थारु ९ वर्षदेखि फरार रहेका थिए भने बिक १० वर्षदेखि फरार रहेका थिए।
विशेष अदालत काठमाडौंले ०७० सालअसार २ गतेको फैसला आदेशले थारुलाई भ्रष्टाचार अनियमित काठ कटान मुद्दामा १ महिना कैद सजाय तोकेको थियो। त्यसैगरी बिक १० वर्षदेखि फरार रहेका थिए। बर्दिया जिल्लाअदालतले बिकलाई सवारी ज्यान मुद्दामा १८ दिन कैद र २ हजार जरिवाना तोकेको थियो।
अदालतले कैद सजाय र जरिवाना तोकेको दिनदेखि दुवै जना फरार रहेका थिए। प्रहरीले बिहीबार दुवै जनालाई नियन्त्रणमा लिई सजाय भुक्तान गर्न अदालतमा बुझाएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: ९ असार २०७९ १४:३२ बिहीबार