बूढानीलकण्ठमा एक महिलाको शव भेटिएको छ। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-३ की फुलमाया सुनारको शव भेटिएको हो।
नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार मृत महिलाको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको छ भने घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरेको छ।
प्रकाशित: ९ असार २०७९ ०७:०९ बिहीबार