समाज

महिला मृत फेला, सर्पले टोकेको आशंका

महिलाको मृत्यु खबर पाएपछि जम्मा भएको भीड।

रोल्पा सदरमुकाममा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

उक्त कार्यालयले संचालन गरेको ब्युटी पार्लर सम्बन्धी तालिम सिक्दै आएकी जिल्ला रोल्पा रुन्टिगढी गाउँपालिका-५ छिन्नेटा बस्ने भुपलाल कामिको छोरी वर्ष १९ कि कृष्णी कामी मंगलबार उक्त कार्यालयको क्वाटरमा मृत भेटिएकी हुन्।

मृतक सुतेको कोठामा सर्प समेत देखिएको र मृतकको हातमा सर्पले टोकेको जस्तो घाउ देखिएको हुँदा सर्पले टोकेको हुन सक्ने आशंका गरिएको प्रहरीले बताएको छ। पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको बताउँदै प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।

प्रकाशित: ८ असार २०७९ ०६:४६ बुधबार

रोल्पा सदरमुकाम