समाज

लागूऔषध नियन्त्रणमा आमाको भूमिका सिकाउँदै गोरखा प्रहरी

लागूऔषध नियन्त्रणमा आमाहरुको भुमिकाबारे जानकारी गराउँदै गोरखाका प्रहरी।

लागूऔषध दुरुपयोग तथा ओसारपोसार नियन्त्रण गर्न गोरखा प्रहरीले आमाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै प्रशिक्षण दिएको छ। 

गोरखा नगरपालिका १० मा मंगलबार एक कार्यक्रमकबीच गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले छोराछोरीलाई कसरी लागूऔषधको दुर्व्यसनीबाट टाढा राख्न र दुर्व्यसनीमा लागेकालाई कसरी छुटाउन सकिन्छ भन्ने बारेमा बताएका थिए। ‘आमाहरु सचेत भए, लागूऔषध प्रयोग गरेको छ छैन भन्ने थाहा पाउने, प्रयोग गर्न निरुत्साहित गरे भने नियन्त्रण गर्न सहज हुन्छ’ उनले भने।  

गोरखा नगरपालिका १० छेपेटारमा मंगलवार ‘स्वच्छ जिबन स्वच्छ बिचार, लागूऔषध गरौँ बिहस्कार’ भन्ने नारासहित आमाहरुलाई सचेतना मुलक कार्यक्रममा सहभागी गराइएको थियो। एसपी केदार खनालले लागूऔषध नियन्त्रणमा आमाहरुको भूमिका विषयमा सहभागिलाई जानकारी दिएका थिए। शान्त एवं सुरक्षित समाज निर्माणका लागि लागूऔषध नियन्त्रण आवस्यक रहेको उनले बताए। ‘सचेतनाका कार्यक्रम हामीले निरन्तर गरिरहेका छौँ’ एसपी खनालले भने।  

लागूऔषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा गोरखामा बिभिन्न कार्यक्रम भईरहेको छ। जस अन्तरगत मंगलवार जिल्ला प्रशासन कार्यालयको आयोजनामा औषधि ब्यवशायी र होटल ब्यवशायिसँग छलफल भएको छ।

छलफलले होटल तथा रेष्टुरेन्टमा हुक्कामा लागूऔषध प्रयोग गर्ने क्रम बढेको भन्ने बुझिएकाले हुक्का प्रयोगलाई निरुत्साहित गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। औषधि ब्यवशायीले डाक्टरको सिफारिस बाहेक कुनैपनि औषधि बिक्री बितरण नगर्ने र बिक्री गरेको औषधिको मिति, परिणाम उल्लेख गरी छाप लगाउने ब्यवस्था गर्नुपर्ने निर्णय भएको प्रजिअ आचार्यले आचार्यले बताए।

लागूऔषधको प्रयोग हुने संभावित ठाउँमा प्रहरीले निग्रानी बढाउने, कहिँकतै लागूऔषध प्रयोग भएको थाहा हुन आएमा प्रहरीमा खबर गर्ने, लागु औषध दुब्र्यशनी पहिचान गरी निग्रानी भएको छ। लागूऔषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा असार १२ गते बिहान सदरमुकाममा प्रभातफेरी गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: ७ असार २०७९ १४:४८ मंगलबार