समाज

दाङमा २५ वर्षीया यूवतीमाथि सामूहिक बलात्कार

दाङमा सुस्त मनस्थितिकी एक यूवतीमाथि सामूहिक बलात्कार भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सुस्त मनस्थितिकी तुलसीपुर ५ की २५ वर्षीया यूवतीलाई चार युवकले बलात्कार गरेका हुन्। बिहीबार राती चार युवाहरुले ती युवतीलाई दोघरे भन्ने स्थानमा निर्माणाधीन एक घरमा पुर्‍याएर बलात्कार गरेका थिए।

प्रहरीका अनुसार दोघरेका कमल चौधरी, शंकर बिक, अर्जुन परियार र अर्का पनि अर्जुन परियार नाम गरेका युवाहरुले ती युवतीमाथि बलात्कार गरेका थिए। यी मध्ये कमल चौधरीले सुरुमा ती युवतीलाई ललाई फकाई गरेर दोघरे भन्ने स्थानमा पुर्‍याएका थिए।

पछि अन्य तीन युवाहरुलाई जिम्मा लगाएर कमल भने फर्किएका थिए। प्रहरीले घटनामा संलग्न चार जना मध्ये शंकर बिक र कमल चौधरीलाई नियन्त्रणमा लिएको छ। अर्जुन परियार नाम गरेका दुई युवा भने फरार छन्। उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ।

ती युवती मध्य राती घर फर्केपछि परिवारको सोधपुछका क्रममा उनले आफूलाई चार जनाले पालैपालो बलात्कार गरेको जवाफ दिएकी थिइन्। सोही अनुसार परिवारले चारै जनालाई किटानी जाहेरी दिएको छ।

प्रकाशित: ४ असार २०७९ ०८:१५ शनिबार

इलाका प्रहरी कार्यालय तुलसीपुर सामूहिक बलात्कार