समाज

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

बिहान साढे ११ बजे खसेको पहिरो हटाउनका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरीटोली खटिएको छ। अहिले दुई तर्फी नै सडक अवरुद्ध रहेको छ। 

प्रकाशित: ४ असार २०७९ ०६:४५ शनिबार

नारायणगढ-मुग्लिन सडकखण्ड