समाज

कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार

फाइल तस्बिर

कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ।

पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुङ्गा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए। डुङ्गा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी र्दिए।

स्थानीयवासी र डुङ्गा चालकले बेपत्ताको उद्धार गरेका हुन्। वर्षायाम सुरु भएकाले डुङ्गा नचलाउन सुझाव दिएको उनले बताए। रासस

प्रकाशित: ३ असार २०७९ ०२:४१ शुक्रबार