समाज

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर महानगरपालिका–१४ रानीमा मंगलबार मोटरसाइकलको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ।  

विराटनगर–१६ का ६० वर्षीय मजेबुल मियाँलाई अनटेस्ट मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए। उनका अनुसार विराटनगर–रानी सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा मियाँ गम्भीर घाइते भएका थिए।  

रानीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकलले पैदलयात्री मियाँलाई ठक्कर दिएको र उनको विराटनगरकै न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एसपी राईले जानकारी दिए। मोटरसाइकल र चालक भारतीय नागरिक ५९ वर्षीय विन्देश्वर रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतको मझपुरका मोटरसाइकल चालक रामलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७९ ११:२१ मंगलबार