समाज

सुनसरी कोशी गाउँपालिकामा बस दुर्घटना हुँदा ३७ जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिकामा सोमबार राति यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेको उपचार जिल्ला अस्पताल इनरुवा, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय स्वास्थ्य संस्थाहरुमा भइरहेको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनायो।

सोमबार राति ११.१० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६५६४ नम्बरको बस कोशी गाउँपालिका वडा नं. ७ मा आँफै अनियन्त्रित भइ बाटो छेउमा पल्टिई दुर्घटना भएको हो। बस तीव्र गतिका कारण पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०६:०८ मंगलबार

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिका