समाज

पोखरा–मुग्लिन राजमार्ग साना सवारीका लागि खुला

पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डमा पर्ने तनहुँको आँबुखैरेनी–४ पावरहाउस नजिक शुक्रबार बिहान चिरिएको राजमार्ग। राजमार्ग अझै पूर्ण सहज भईसकेको छैन। तस्बिर सौजन्यः बिनोद श्रेष्ठ

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड एकतर्फी खुला भएको  । अहिले चारपांग्रे साना र दुइपांग्रे सवारी मात्र पालैपालो वारपार गराएको प्रहरीले बताएको छ।  

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो। शुक्रबार बिहान करिब साढे चारबजे पहिरो खसेको थियो। आँबुखैरेनीका प्रहरी नायब निरिक्षक बासु थापाले केहीबेर अघिदेखि साना सवारीका लागि मात्र एकतर्फी बाटो खुलाएको बताए। ठूला सवारीका लागि भने अझै केही समय लाग्ने उनले बताए।

‘निकै कठिनका साथ साना सवारीका लागि मात्र एकतर्फी बाटो खुलेको छ। अहिले बाटो फराकिलो बनाउने काम भईरहेको छ,’ उनले भने, ‘उपकरणले भित्तो कोपरेर राजमार्ग खुलाउने प्रयास भईरहेको छ।’ उनका अनुसार शुक्रबार बिहान साढे ४ बजे त्यहाँ पहिरो गएको अनुमान छ।  

अहिले पोखराबाट पृथ्वी राजमार्ग हुँदै राजधानी काठमाडौं र चितवनतर्फ जाने सबै सवारी सडकमै रोकिएका छन्। 

प्रकाशित: २७ जेष्ठ २०७९ ०८:३९ शुक्रबार

पोखरा–मुग्लिन राजमार्ग