आफ्नाे श्रीमानले बनाएको नक्कली नागरिकता पेश गरी छोराको नागरिता बनाउन खोजेको आरोपमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा आमा छोरा पक्राउ परेका छन।
आफना श्रीमान रियाजुद्दीन खाले बनाएको नक्कली नागरिता सहीत जिल्ला प्रशासन कार्यालयमा कपिलवस्तुको सुद्धोदन गाउपालिका– ५ की अबराईन मसुलमानले छोरा जाबेद खाको नागरिकताकालागि बिहीवार कागजातहरु पेश गेरेकी थिइन।
छानबिन र अनसंधान गर्दा रियाजुद्दीनको नागरिकता नै नक्कली भेटिए पछि अबरईन र जोबदलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए। रियाजुद्दीन खाको नागरिता रुपेन्दहीबाट जारी गरिएको नक्कली नागरिकता प्रमाण पत्रमा देखाइएको छ। रियाजुद्दीनको नागरिकताको बिवरण रुपन्देही प्रशासन कार्यालयसंग माग गर्दा सो नामको कुनै नागरिकता नभेटिएको सहायक प्रजिअ पौडेलले बताए। ‘ हेर्दा नै नक्कली नागरिकता जस्तो देखिएको, रुपन्देहीमा कुनै विबरण समेत नरहेको र लोगो समते नक्कली भेटाएको थियौ ’ पौडेले भने।
उता २०६१ सालमा अबराईनले बिवाह गरेको प्रमाण पत्र पेश गरेकी थिइन्। तर उनले २०६३ सालमा आफु अबिवाहित भनेर नागरिकताको प्रमाण लिएको भेटिएको पौडेलले बताए।
झुठो बिवरण पेश गेर नागरिकता बनाउन खोजको आरोपमा नियन्त्रणमा लिएका आमा छोरालाई नै प्रतिेबदन सहित जिल्ला प्रहरी कार्यालयमा बुझाइएको पौडेलले बताए। झुठो विवरण दिई किर्ते नागकिरता बनाउन खोजको दुबै माथि नागरिता एने र नियमाली अनुसार कारबाही प्रकृया चलाईने प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए।
प्रकाशित: २६ जेष्ठ २०७९ १५:३९ बिहीबार