समाज

वर्षाले मेलम्ची नदी आसपासका अस्थायी संरचनामा क्षति

तस्बिर: रासस

अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ। गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ।

मेलम्ची नगरपालिका-७ र ११ जोड्ने फट्टेमा अस्थाई कल्भर्टमा क्षति पुगेसँगै यातायात सेवा अवरूद्ध भएको छ। पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ।

निरन्तरको वर्षापछि आएको बाढीले मेलम्चीको फट्टेमा ह्युमपाइप राखेर बनाएको बाटोमा क्षति गर्दा आवातजावतमा समस्या भएकाे स्थानीयबासीले बताएका छन्। यसबाट ६ वटा वडाका नागरिक प्रभावित भएका छन्। गत असार १ को बाढीले पक्की पुल बगाएको थियो।

प्रकाशित: २६ जेष्ठ २०७९ ०४:१७ बिहीबार