समाज

चितवनमा जन्ती बोकेको बस दुर्घटना

चितवनमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। रत्ननगर नगरपालिका २ स्थित हरिहर मन्दिरबाट जन्ती लिएर खैरहनीतर्फ जाँदै गएको ना५ ख ६४३ नम्बरको बस सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटनामा परेको हो। 

दुर्घटना साँझ ५ बजे भएको थियो। बसमा २६ सबार थिए। ती माध्ये १३ जनालाई उपचारका लागि स्थानीय अस्पताल तथा भरतपुर अस्पतालतर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। घाइतेहरुको बाँकी विरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ जेष्ठ २०७९ १२:२४ बुधबार