समाज

प्रादेशिक पत्रकारिता पुरस्कार चार जनालाई प्रदान

प्रदेश पत्रकारिता सम्मान प्रदान गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेलगायत। तस्बिर: विनोद/नागरिक

प्रदेश १ को सरकारले लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ। शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी प्रदेश सरकार यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले चार जना पत्रकारहरूलाई  प्रदेश पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो।  

सम्मानित हुनेहरूमा झापाका लीला बराल इटहरीका कृष्णविनोद लम्साल, धनकुटाका संजयसन्तोषी राई र स्मिता निरौला रहेका छन्। सम्मानित हुनेहरूलाई नगद १ लाख रुपैयाँ, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो। सम्मानित हुनेहरूलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेलगायतले नगद र सम्मानपत्र हस्तान्तरण गरेका थिए।

प्रदेश १ को सरकारले हरेक वर्ष प्रदेश १ मा लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहेर समाज परिवर्तनका लागि योगदान गर्ने पत्रकारहरूलाई पुरस्कृत गर्दै आएको छ।

प्रकाशित: २० जेष्ठ २०७९ १३:३३ शुक्रबार