समाज

जबरजस्ती करणी सम्बन्धी कसुरका फरार दश वर्षपछि पक्राउ

जबरजस्ती करणी सम्बन्धी कसुरमा फरार रहेका व्यक्तिलाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ।

प्रहरीले ठाकुरबाबा नगरपालिका–१ का शेरे विकलाई बिहीबार पक्राउ गरेको हो। कैलाली बडी बर्दगोरिया गाउँपालिका–३ खैरिनी स्थितबाट प्रहरीले विकलाई नियन्त्रणमा लिएको छ।

२०६९ साल जेठ १७ गते ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ स्थित घरमा कोही नभएको मौका छोपी शारीरिक रुपमा अशक्त २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरी अहिले सम्म फरार रहेका थिए।

प्रकाशित: १९ जेष्ठ २०७९ १२:२२ बिहीबार