समाज

पं नवराज शारदा स्मृति समाजद्वारा १० लाखको अक्षयकोष स्थापना

पं नवराज शारदा स्मृति समाजले विविध सामाजिक कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ।

पं नवराज पौडेलको जन्मजयन्तीको अवसर पारेर राजधानीमा एक आयोजित कार्यक्रमबीच सोको घोषणा गरिएको हो। आफ्ना अभिभावकका योगदानलाई मनन् गर्दै उनीहरु प्रति सम्मान तथा समाजका लागि यथासक्य योगदान गर्ने लक्ष्यसाथ यो समाज स्थापना गरिएको हो।

कार्यक्रम समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुबा पं नवराज पौडेल तथा आमा शारदादेवी पौडेलले दिएको संस्कार शिक्षा र अभिप्रेरणा कै कारण समाजका लागि केही योगदान पुर्‍याउन सक्ने अभिलाषाले उक्त संस्था स्थापना गरेको बताए।

साथै पं नवराज पौडेलले सनातन धर्म संस्कृति तथा सामाजिक हितमा आफ्नो सारा जीवन समर्पित गरेको उल्लेख गरे। बटुकहरुद्वारा स्वस्ती वाचन तथा विशिष्ट अतिथिहरुबाट पानसमा सामूहिक दीप प्रज्वलन तथा पं नवराज पौडेलको तस्बिरमा माल्यार्पण गरी समाजको विधिवत् समुद्घाटनसँगै सुरु भएको सो कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरुद्वारा पं नवराज पौडेलको व्यक्तित्व तथा योगदानबारे चर्चा गरिएको थियो।

उक्त कार्यक्रममा पं नवराज पौडेलसँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु तथा पौडेल परिवारका सदस्यहरुको समेत सहभागिता रहेको थियो।

प्रकाशित: १९ जेष्ठ २०७९ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App