समाज

काठमाडौं महानगरभित्रका होटल तथा रेष्टुरेन्टका शौचालय सार्वजनिक प्रयोगका लागि खुला

काठमाडौं महानगर भित्रका रेस्टुरेन्टहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गरेका छन्।

काठमाडौं महानगरको पहिलो नगर कार्यपालिकाको बैठकले नगरभित्रका होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेसंगै होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका हुन्।

महानगरका मेयर बालेन साहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गर्नुभन्दा नगरभित्र रहेका होटलहरुको प्रयोग गर्ने बताएका थिए। सोही अनुसार केही होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गरेका हुन्। सोही अनुसार केही होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गरेका हुन्।  

उक्त शाैचालय प्रयाेग गरेबापत सर्वसाधारणले पैसा तिर्नु नपर्ने महानगरले जनाएकाे छ।

प्रकाशित: १८ जेष्ठ २०७९ ११:४९ बुधबार