समाज

बाणगंगा नदीमा डुबेर बालकको मृत्यु

कपिलवसतुको महाराजगंज नगरपालिका–२ पडेरियाका एक १० वर्षीय बालको बाणगंगा नदीमा डुबेर मृत्यु भएको छ।

सोहेल अहमदको छोरा १० वर्षीय अहमद रजाको सोही ठाउँस्थित बाणगँगा नदीमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय महाराजगंज अनुसार मृत्यु भएका बालकको शव निकालेर पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लगिएको थियो।

प्रकाशित: १८ जेष्ठ २०७९ ११:३८ बुधबार

कपिलवसतुको महाराजगंज नगरपालिका