समाज

दुई दिनदेखि हराएका ३ वर्षीय बालकको शव फेला

रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुर टोलमा एक बालकको शव भेटिएको छ। गत शुक्रबारदेखि हराइरहेका बालकको खोजीको क्रममा बालकको शव कुहिएको अवस्थामा भेटिएको हो।

गढीमाई नगरपालिका ३ लक्ष्मीपुरका अजमद आलमका ३ वर्षका छोरा आजाद आलमको शव आइतबार दिउँसो भेटिएको हो। घरबाटै हराएका बालक नभेटिएपछि प्रहरीलाई खोजतलासको लागि खबर गरिएको थियो। खोजतलासकै क्रममा गाउँदेखि पूर्व बालकको शव भेटिएको हो।

हराएका बालकको शव भेटिएपछि अनुसन्धानको लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि बरुण सिंहले जानकारी गराएका छन्।

प्रकाशित: १५ जेष्ठ २०७९ १२:३८ आइतबार

रौतहटको गढीमाई नगरपालिका