समाज

ताराको यो जहाजको आइतबारको पहिलो उडान थियो (अपडेट)

पोखराबाट जोमसोम उडानको क्रममा सम्पर्कविहीन भएको तारा एयरलाईन्सको यो जहाजको आइतबारको यो रुटमा पहिलो उडान थियो। पाँचवटा उडान तालिका रहेकोमा पहिलो उडान गर्दैगर्दा जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलले बताएको छ।  

ताराको यो जहाजको आइतबार पोखरा-जोमसोम पाँचवटा उडान थिए। त्यसअघि समिट एयरका जहाजले दुइवटा उडान गरिसकेका थिए। समिटले दुइवटा जहाज राखेर १० उडान राखेको थियो भने ताराको पाँचवटा मात्र उडान थिए। पहिलो उडानमै ताराको जहाज सम्पर्कविहीन भएको विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीले जानाकारी दिए।  

‘यसअघि तेश्रो उडान भनिएपनि त्यो सबैगरि भएको उडान थियो, तर, ताराको पहिलो थियो,’ उनले भने। उनका अनुसार मौसम खराबी हुँदा आइतबारको उडान ढिला भएको थियो। बिहान ६ बजे नै उडान सुरु हुने भएपनि मौसम खराबीले गर्दा ढिला भएको थियो। ‘ढिलागरि उडान सुरु हुँदा तोकिएका सबै उडान सम्भव त थिएन,’ उनले भने।

प्रकाशित: १५ जेष्ठ २०७९ ०७:२६ आइतबार

तारा एयर