समाज

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। पोखराबाट १८ जना यात्रु बोकेर जोमसोमका लागि विहान ९ बजेर ५५ मिनेटमा जहाज उडेको थियो।  

पोखरा विमानस्थल श्रोतका अनुसार पोखरा विमानस्थलबाट उडेको ९ एन एइटी कलसाइनको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो। पोखरा–जोमसोम हवार्ई मार्गमा पर्ने घोरेपानी माथिको आकाशबाट जहाज सम्पर्कवहीन भएको हो। पोखरा टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको भएपनि बीचबाटै सम्पर्कविहीन भएको विमानस्थलका ती पदाधिकारीले बताए।  

प्रकाशित: १५ जेष्ठ २०७९ ०५:२९ आइतबार

तारा एयर