समाज

मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न अदालतकाे अनुमति

मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले उक्त अनुमति दिएको हो।  

उनलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको छ।

प्रकाशित: ९ जेष्ठ २०७९ १०:५२ सोमबार